Incident Reports

रकम भुक्तानीको माग गर्दै किसानले उद्योगमा लगाए ताला

2016-09-01

Madhes, Rautahat, Garuda

उखुको बाँकी भुक्तानीको माग गर्दै गरुडास्थित श्री रामसुगर मिल्स लिमिटेडमा किसानहरूले बिहीवार ताला लगाएका छन् । भुक्तानी प्रक्रियालाई उद्योगले बिनाकुनै सूचना रोकेको र उद्योगमा वार्ता गर्ने हैसियतका कुनै ठूला कर्मचारी नभएपछि उद्योगमा ताला लगाइएको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् । उद्योगले उखु किसानलाई रु ७५ करोड रुपियाँ तिर्न बाँकी छ । उखु किसानको प्रतिनिधिसित उद्योगले पटकपटक मूल्य तिर्ने समय तोकेको भए पनि समयमा भुक्तानी नभएको भन्दै सङ्घले ताला लगाएको हो । कात्तिक मसान्तभित्र उद्योगले रु ९२ करोड तिर्ने सहमति गरेकोमा अहिलेसम्म रु १५ करोड मात्र भुक्तानी दिएको सङ्घका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन् । उखु किसानले गत दुई आर्थिक वर्षको भुक्तानी लिन बाँकी रहेको सङ्घले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Local Newspaper - Parsa

0 Comments