Incident Reports

अभियन्तामाथि आक्रमण

2016-08-31

Madhes, Dhanusha, Hansapur

जनकपुर जानकी मन्दिरको जग्गामा निर्माण भैरहेको निजि अस्पतालको बिरोधमा अदालत पुगेका युवा अभियन्ता सुशील कर्णमाथि बुधबार राती अज्ञात समूहले सांघातिक आक्रमण गरेका छन्। आक्रमणमा उनी सामान्य घाइते भएका छन्। मध्य धनुषाको हंसपुर् कठपुल्ला गाबिसबाट फर्कदै गर्दा राति आक्रमण भएको थियो। साथी सन्तोष यादवसंगै मोटरसाइकलमा जनकपुर आउदैगर्दा मनहरपुर्पुल नजिकै आक्रमण भएको कर्णले बताए। २ ओटा मोटरसाइकलमा सवार अज्ञात समूहले हीरकाएको ढुंगाबाट पछाडी बसेका सन्तोष यादवको टाउकोमा चोट लागेको थियो। आफूमाथि समेत हातपात गरेको उनले बताए। हातमा गम्भीर घाउ लागेको छ। जानकी मन्दिरका महन्थेले गरेको गैर-कानुनी क्रियाकलाप विरुद्ध आवाज उठाएको कारण आफूमाथि नियोजित रुपमा आक्रमण गरिएको आरोप कर्णको छ। एसअघि पत्रकार मनोज साहले पनि जानकी मन्दिरका महन्थेले आफु माथि सांघातिक आक्रमण गरेको आरोप छ। आक्रमणको स्थानीय युवा तथा राजनीतिक दलका नेताहरुले पनि विरोध गरेका छन्। मधेस अधिकार समिति ( मास ) सम्बद्ध युवाहरुको एक टोली प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईंसंग भेटेर दोषीमाथि कारबाही माग गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of public land
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments