Incident Reports

यौन हिंसा गर्ने पक्राउ

2016-07-06

Province 1, Udayapur, Belaka, Ward 5

पुरुषले महिलालाई बलात्कार गरेको त घटना सबैलाई थाहा भएकै हो। तर उदयपुरमा एक पुरुषले बालकलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। एक युवाले आफ्नो यौन प्यास पुरा गर्न ८ बर्षीय एक बालक माथि यौन हिंसा गरेका हुन्। उदयपुरको रामपुर ठोक्सला-९ शिखर माडीका स्थानीय ८ बर्षीय बालकलाई सोहि ठाउँका १७ बर्षीय श्याम भन्ने रोमन सेढाईले यौन हिंसा गरेका हुन्। बालकलाई ललाई फकाई बारम्बार यौन प्यास मेटाउने क्रममा बालक बिरामी भएपछि आफ्नो छोरो बलात्कृत भएको थाहा पाएको पिडित परिवारले जनाएका छन्। बालकलाई श्याम भन्ने रोमनले बारम्बार अप्राकृतिक मैथुन गरेको उ बिरामी भएपछि मात्र खुलेको हो। आरोपी सेढाईले पीडित बालकलाई ललाई फकाई गत असार २२ गते देखि अप्राकृतिक मुख मैथुन, हात मैथुन गर्न लगाई अप्राकृतिक रुपमा पटक पटक मलद्वारमा यौन क्रिडा गरेको पीडित बालकले बताएका छन्। पीडित परिवारका अनुसार आरोपी सेढाईले करिब १ महिना देखि अप्राकृतिक मुख मैथुन गराउदै आएका थिए। घटना बारे जानकारी पाएपछि दोषीलाई कारबाही गर्न प्रहरीसम्म आएकोमा समाजले भने पैसा लिएर मिलापत्र गर्न दबाब दिएको पिडित परिवारले जनाएको छ। पीडितकी आमाले आरोपितलाई मुलुकी ऐन को जबरजस्ती करणी महलको ९ (क) नम्बर बमोजिम हदैसम्मको सजाय माग गर्दै इलाका प्रहरी कार्यालय बेल्तारमा जाहेरी दिएकी छिन्। जाहेरीको आधारमा सेढाईलाई पक्राउ गरेको इप्रका बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिनु भयो। मुलुकी ऐनको जबरजस्ती करणी महल अन्तर्गत सेढाई विरुद्ध अप्राकृतिक मुख मैथुन गरेको कसुर अन्तर्गत मुद्दा चलाइसकेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Youth Raped 1

0 Comments