Incident Reports

स्थानीयद्वारा २ घण्टा राजमार्ग चक्काजाम

2016-08-23

Gandaki, Kaski, Annapurna

कास्कीको ढिकुरपोखरी गाबिसबासीले मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म पोखरा बाग्लुङ राजमार्ग खण्ड बन्द गराएका छन् । उनीहरुले कास्कीका ढिकुरपोखरी,लुम्ले ,सल्यान र कास्कीकोट गाबिसका बासिन्दालाई यातायातमा असहज भएको भन्दै यातायात बन्द गराएका हुन् । स्थानीय बासिन्दाले पोखरा बाग्लुङ खण्डको नागडाँडामा यातायात बन्द गराएका हुन् । दैनिक पृथ्वी र धौलागिरी यातायात व्यवसायी समितिका गाडीहरु आफ्नै घर अगाडीबाट गुड्ने गरेपनि आफुहरुलाई नबोकेको बरु उल्टै बसका कर्मचारीले आफुहरुलाई अमानवीय व्यवहार गर्ने गरेको युवा अवाज नेपाल ढिकुरपोखरीकी सचिब मिना भण्डारीले बताइन् । बाग्लुङ जाने बसले नयापुल यताको टिकट नदिने र उभिएरै यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ । मंगलबार नै ट्राफिक कार्यालय कास्कीमा ढिकुरपोखरीबासी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिबीच बार्ता भएको थियो । बार्तामा यहि भदौ १५ गतेसम्म पृथ्वी चोक देखि नयापुल सम्म ७ छुटै बसको व्यवस्था गर्ने सहमति भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments