Incident Reports

लुम्बिनीमा दाइजोको निहुँमा महिलाको हत्या

2016-09-06

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 3

रुपन्देहीमा दाईजोको निहुँमा एक महिलाको हत्या भएको छ । घरमा रहेकी बुहारीलाई कुटपिट गरि हत्या गरेपछि लुकिछिपी दाह संस्कारको प्रयास गरे पनि मृतकको माईती पक्षको सक्रियताको कारण घटना बाहिर आएको हो । यो घटनाले मधेस क्षेत्रमा दाईजोको कारण बुहारीहरु मारिनुपर्ने घटनाको पुनरावृत्ति गरेको छ । मधेस क्षेत्रमा अहिले पनि दाईजो प्रथाले जरो गाडेको यो घटनाले प्रष्ट पारेको छ । घटना पनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ पडरिया बस्ने २९ वर्षीय एहसानुल्लाह मुसलमान र उनका परिवारले दाईजो नपाएकोले २८ वर्षीय बहिनी नाजमा खातुनको हत्या गरेको मृतकका भाईले आरोप लगाएका छन् । मृतकका दाजु बदरे आलमले बुधबार एका बिहानै बहिनी मरेको खबर बहिनीको छिमेकीबाट थाहा पाएको बताए । यसअघि पनि बहिनीलाई पटक–पटक कुटपिट गरेको हुँदा उनलाई मारेको हुनसक्ने शंका लागि ईलाका प्रहरी कार्यालय धकधईमार्फत लुम्बिनी प्रहरीलाई खबर गरि दाह संस्कार रोकाएको आलमले बताए । ‘यसअघि पनि पटक–पटक कुटपिट गर्दै आएको नाजमाको परिवारले यसपटक कहिल्यै सन्चो नहुने गरि कुटे’ मृतक नाजमाका भाई बदरे आलमले भने । घटनास्थल पुग्दा मृतक नाजमाको जिउभरि निलडाम तथा चोटपटक लागेको देखेपछि उनले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले हेर्दा पनि शरीर भरि चोटपटक लागेको निलडाम देखेपछि शव परिक्षणको लागि भैरहवास्थित भीम अस्पतालमा पठाएका थिए । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिलिपराज झाले मृतकको घर पुग्दा घरमा पुरुष कोही नभएको जानकारी दिए । मृतकका जेठाजु तबारक मुसलमान र पति एहसानुल्लाह मुसलमान फरार भए पनि उनका ससुरा जलालुद्दिन मुसलमानलाई भने प्रहरीले पक्राउ गरि म्याद थप गरेको झाले बताए । ससुरा पनि भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । मृतक नाजमाका दाजु बदरे आलमले बहिनीको परिवारले पहिलेदेखि नै चारपाङ्ग्रे सवारी माग गरेको र सो दिन नसकेको कारण नै बहिनीको हत्या भएको दावी गरे । मृतका खातुन केही दिनअघि मात्रै माईत बसेर घर गएकी थिइन । कुटपिटबाट आजित भएकी उनी ६ महिनादेखि माईतमै बस्दै आएकी थिईन । केही दिनअघि मात्रै आफन्तको आग्रह अनुसार उनलाई घर पठाएको दाजु आलमले बताए । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले शवको प्रकृति हेर्दा कर्तव्य गरि ज्यान मारेको जस्तो देखिएकोले कारवाही प्रक्रिया अगाडी बढाईएको जानकारी दिए । ‘मृतकाको टाउको, शरिर, हातखुट्टालगायतमा चोटपटक लागेको छ । प्रारम्भिक जानकारी अनुसार मृतकलाई झुलको भाटाले हिर्काएको देखिएको छ’ गुरुङले भने । मृतकालाई बिहान ४ बजे कुटपिट गरि घाइते बनाएको र घाईते अवस्थामा पनि उपचार नगरेको कारण बिहान करिब साढे ८ बजे मृत्यु भएको छिमेकीले जानकारी दिएको गुरुङको भनाई छ । मृतक नाजमाका २ जना छोराहरु रहेका छन् । मृतकका फरार पति र जेठाजुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Rupandehi

0 Comments