Incident Reports

घरमा थुनेर राखिएकी महिलाको उद्धार

2016-07-28

Madhes, Parsa, Birgunj, Ward 12

विरगंजको मुर्लिबाट आइतबार दिउसो एकजना महिलाको प्रहरीले उद्धार गरेको छ। विरगंजग उपमहनागरपलिका वडा नम्बर १५ मुली स्थित घर भित्र थुनेर राखिएकी २२ बर्सिया नेजबुन खातुनलाइ प्रहरीले उद्धार गरेको हो। उनलाई श्रीमान मौनुदिन मीयाँ र सासु मोबिना खातुनले शारीरिक यातना दिएर तीन दिन देखि थुनेर राखेका थिए। स्थानीयवासीको सहयोगमा आइतबार दिउसो नेजबुनको उद्धार गरेको पर्साका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए। उनलाई दाइजो लगायतका निहुँमा पटक पटक कुटपिट गर्दै आएको छिमेकीहरुले बताएको उनले बताए। उनका श्रीमान मौनुदिन र सासु मोबिनालाइ प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पारसको हिरासतमा राखेको छ । नेजबुनको हात र खुट्टामा तातो पन्येउले डामेको घाउ पनि रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to disputes over dowry
Secondary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments