Incident Reports

Kalpristha: Raped since 5 years

2016-08-03

Lumbini, Banke, Nepalgunj

Two youths aged 22 and 24 years are learned to have raped 10-year-old sister since 5 the past 5 years. The victim lived with her aunt as her mother was abroad for employment. The two youths who are also cousins regularly raped the minor girl. The incident came to light after the victim told her mother about the incident when she returned home. The girl's father and aunt had ignored the incident when she told them about it. All the relatives tried to stop her to file complaint but her mother lodged complaint against two brothers seeing the critical situation of her daughter. The victim and her mother are living in the shelter home. The perpetrators ran away as soon as complaint was lodged and father and aunt went to relatives house. Police is looking for the accused youths. नेपालगंज, २० साउन - दश बर्षकी बालिकालाई दाजु पर्ने दुई युवकले निरन्तर बलात्कार गरेको घटना बाहिर आएको छ। आमा वैदेशिक रोजगारमा गएपछि ठुलीआमासंग बसेकी बालिकालाई दाजुहरु (ठुलीआमाका छोरा) ले बलात्कार गरेका हुन् । २२ र २४ वर्षका दाजुले बहिनीलाई पाँच वर्षदेखि नै लगातार बलात्कार गरिरहेका थिए । वैदेशिक रोजगारबाट फर्केपछि बालिकाले आमालाई घटनाबारेमा बताएकी हुन् । दाजुहरुका कर्तुतलाई बालिकाले ठुलीआमा र बाबुलाई बताए पनि उनीहरुले बेवास्ता गर्दै आएका थिए । कर्तुतको पर्दाफास हुन्छ भनेर ठुलीआमा र बाबुले बालिकालाई आमासंग एक्लाएक्लै भेटघाट गर्न दिएका थिएनन् । आमालाई छोरीसंग सुत्न दिइएका थिएनन् । ' फेरी विदेश जानु पर्ने भएकाले बढी हेलमेल भएमा छोड्न नसकिने ' भन्दै ठुलीआमा र बुबाले बालिकालाई आमासंग भेटघाटमा रोक लगाएका थिए । आफ्नी छोरीसंग बस्न, सुत्न नपाउने भन्दै आमाले दबाब दिएपछि बल्ल आमा र छोरीको बस्ने मेसो मिलेको थियो । त्यही बेला बालिकाले आमालाई घटनाका बारेमा सुनाएकी थिइन् । बालिकाले अंग नै देखाएर घटनाको बेलिबिस्तार लगाउदा आमा बेहोस भएकी थिइन् । ठुलीआमा, बाबुदेखि माइतीसम्म सबैले थाहा पाइसकेको उक्त घटनालाई दबाउनका लागि बालिकाकी आमालाई चौतर्फी दिइएको थियो । बालिकाको अवस्था दयनीय रहेपछि आमाले माइती पक्षको कुरा नसुनेर पीडकलाई कारबाहीका लागि प्रक्रिया अघि बढाएकी छन् । नेपालगन्जको एक आवासगृहमा बसाएर आमा र छोरीको उपचार भइरहेको छ । कानूनी कारबाही अघि बढाउने बितिकै अभियुक्त दुवै जना फरार भएका छन् । ठुलीआमा र बाबु पनि घरबाट आफन्तकहा भन्दै हिडेका छन् । प्रहरीले अभियुक्तको खोजि गरिरहेपनि भेटेको छैन । रोजीरोटीको व्यवस्था नभएकाले महिला विदेशमा जादा छोरीलाई दिदीको जिम्मा लगाएकी थिइन् । अहिले उनले त्यही दिदि र उनका छोराविरुद्धमा उजुरी गर्नुपरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments