Incident Reports

पाँच वर्षदेखि बलात्कार

2016-08-03

Lumbini, Banke, Nepalgunj

नेपालगंज, २० साउन - दश बर्षकी बालिकालाई दाजु पर्ने दुई युवकले निरन्तर बलात्कार गरेको घटना बाहिर आएको छ। आमा वैदेशिक रोजगारमा गएपछि ठुलीआमासंग बसेकी बालिकालाई दाजुहरु (ठुलीआमाका छोरा) ले बलात्कार गरेका हुन् । २२ र २४ वर्षका दाजुले बहिनीलाई पाँच वर्षदेखि नै लगातार बलात्कार गरिरहेका थिए । वैदेशिक रोजगारबाट फर्केपछि बालिकाले आमालाई घटनाबारेमा बताएकी हुन् । दाजुहरुका कर्तुतलाई बालिकाले ठुलीआमा र बाबुलाई बताए पनि उनीहरुले बेवास्ता गर्दै आएका थिए । कर्तुतको पर्दाफास हुन्छ भनेर ठुलीआमा र बाबुले बालिकालाई आमासंग एक्लाएक्लै भेटघाट गर्न दिएका थिएनन् । आमालाई छोरीसंग सुत्न दिइएका थिएनन् । ' फेरी विदेश जानु पर्ने भएकाले बढी हेलमेल भएमा छोड्न नसकिने ' भन्दै ठुलीआमा र बुबाले बालिकालाई आमासंग भेटघाटमा रोक लगाएका थिए । आफ्नी छोरीसंग बस्न, सुत्न नपाउने भन्दै आमाले दबाब दिएपछि बल्ल आमा र छोरीको बस्ने मेसो मिलेको थियो । त्यही बेला बालिकाले आमालाई घटनाका बारेमा सुनाएकी थिइन् । बालिकाले अंग नै देखाएर घटनाको बेलिबिस्तार लगाउदा आमा बेहोस भएकी थिइन् । ठुलीआमा, बाबुदेखि माइतीसम्म सबैले थाहा पाइसकेको उक्त घटनालाई दबाउनका लागि बालिकाकी आमालाई चौतर्फी दिइएको थियो । बालिकाको अवस्था दयनीय रहेपछि आमाले माइती पक्षको कुरा नसुनेर पीडकलाई कारबाहीका लागि प्रक्रिया अघि बढाएकी छन् । नेपालगन्जको एक आवासगृहमा बसाएर आमा र छोरीको उपचार भइरहेको छ । कानूनी कारबाही अघि बढाउने बितिकै अभियुक्त दुवै जना फरार भएका छन् । ठुलीआमा र बाबु पनि घरबाट आफन्तकहा भन्दै हिडेका छन् । प्रहरीले अभियुक्तको खोजि गरिरहेपनि भेटेको छैन । रोजीरोटीको व्यवस्था नभएकाले महिला विदेशमा जादा छोरीलाई दिदीको जिम्मा लगाएकी थिइन् । अहिले उनले त्यही दिदि र उनका छोराविरुद्धमा उजुरी गर्नुपरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments