Incident Reports

हातहतियार तथा अन्य सामानसहित पक्राउ

2016-09-11

Lumbini, Nawalparasi West, Pratappur, Ward 9

प्रतापपुर–४ बेलटारीबाट युपी ५० एयु २०६८ नम्बरको मोटरसाइकलका चालक पल्लिहवा–४ रतनगंज बस्ने १८ वर्षीय अशोक कुशहवा, मोटरसाइकलमा सवार गुठीसुर्यपुरा–७ बस्ने १८ वर्षीय सुनिल कमकर र गुठी सूर्यपुरा–६ बस्ने १९ वर्षीय सन्तोष कमकरलाई विभिन्न हतियारसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित त्रिभुवन उच्च माबिमा अज्ञात ब्यक्तिहरुले भर्नाको बिषयलाई लिएर धाकधम्की दिई भाग्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारीबाट प्रहरी टोली खटी गई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको एयरगन (पेस्तोल) १ थान, सुनिलको साथबाट सो गनमा प्रयोग हुने गोली ८५ थान र सन्तोषको साथबाट धारिलो हतियार चक्कु बरामद भएपछि उनीहरुलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments