Incident Reports

कार्वाहीको माग गरी नाकामा चक्काजाम

2016-08-04

कंचनपुरको भिमदत्त नगरपालिका - ११ भुजेलाका रोहित विष्ट हत्या घटना छानबिनमा प्रहरीले लापरवाही गरेको आरोप लगाउदै पीडित परिवार तथा आफन्तजले नेपाल - भारत सिमा नाका गड्डाचौकिमा चक्काजाम गरेका छन् । प्रहरिले हत्याको निष्पक्ष छानबिन नगरेर घटनामा चलखेल गरेको उनिहरुको आरोप थियो । बुधवार पत्रकार सम्मेलन गरेर पनि उनिहरुले प्रहरिले निष्पक्ष छानबिन नगरेको आरोप लगाएका थिए । गत ९ गते भिमदत्त नगरपालिका - ११ भुजेलाका २४ वर्षिय रोहित विस्ट नजिकैको भुजेला नदिमा डुबेको अवस्थामा म्रित फेला परेका थिए । पीडित पक्षको जाहेरिका आधारमा प्रहरिले स्थानिय होटेलका संचालक ज्ञानेन्द्र चन्द्र, शुवास चन्द र पदम सिंह धामिलाई पक्राउ गरेको छा । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र छानबिन भैरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Secondary Form Demonstration
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments