Incident Reports

Father-in-law along with brother-in-law arrested on charge of murder

2016-08-04

Madhes, Bara, Prasauni, Ward 5

Ramnath Pidit and Jitendra Pidit, father-in-law and brother-in-law respectively of Bhagwani Devi, 18, of Prasaunibirta-8 have been arrested by the police on the charge of killing her. Police had initiated a search operation after Bhawani's father lodged a complaint at police saying that she had gone missing. After a search did not lead anywhere, police took Ramnath and Jitendra under control for interrogation. They led the police to Bhawani's body which was found in decaying condition on the bank of Gad river. According to the locals, Bhagwani often used to suffer beatings at the hands of her in-laws on different occasion. Police is further investigating into the incident. बुहारीको हत्या गरेको आरोपमा ससुरासहित देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसौनीभाठ-८ निवासी ससुरा रामनाथ पिडित र देवर जितेन्द्र पिडित रहेका छन् । शुक्रवार मध्याह्न १२ बजे पिडितकि बुहारी १८ वर्षिया भगवानी देवीको शव सडेगलेको आवस्थामा नजिकै रहेको गाद नदीबाट प्रहरीले फेला पारेपछि ससुरा र देवरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीचौकी प्रसाउनिभाठ प्रहरी सहायक निरिक्षक रामबासक प्रसाद कलवारले बताए । घटना विवरण अनुसार मृतक भगवानी देवी बेपता भएपछि उनका बुवाले खोजतलासको लागि हिजो बिहिबार प्रहरीचौकी प्रसौनीभाठमा उजुरी दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा सुराक नपाएपछि प्रहरीले ससुरा र देवरलाई नियन्त्रणमा लिइ केरकार गर्दा उनीहरुले दिएको जानकारीको आधारमा प्रहरीले खोज्दै जाँदा गाद नदीको सिमा क्षेत्रबीच शव सडेगलेको आवस्थामा भेटिएको इप्रका पोखरियाका प्रहरी निरिक्षक चत्रबहादुर शाहले बताए । मृतकका पति महेन्द्र पिडित विवाह भए लगतै कामका लागि दुइ वर्षदेखि भारतको दिल्लीमै छन् । बिहे भएछि उनी अहिलेसम्म घर आएका छैनन। बुहारीको ससुरा लागायत परिवारका अन्य सदस्यसंग लामो समयदेखि आपसी मनमुटाव रहेको स्थानीय वासिन्दाले बताएका छन् । बिहे भएलगतै केहि दिनपछि बुहारीमाथि विभिन लाञछना लगाउदै परिवारजनले कुटपिट गरेको गाउलेको भनाइ छ । मृतक शव पोस्टमार्टमको लागि नाउक्ष आस्पतालमा राखिएको छ । ससुरा र देवर दुबैजानालाई इप्रका पोखरियामा राखिएको प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1

0 Comments