Incident Reports

बुहारीको हत्याको आरोपमा ससुरासहित देवर पक्राउ

2016-08-04

Madhes, Bara, Prasauni, Ward 5

बुहारीको हत्या गरेको आरोपमा ससुरासहित देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसौनीभाठ-८ निवासी ससुरा रामनाथ पिडित र देवर जितेन्द्र पिडित रहेका छन् । शुक्रवार मध्याह्न १२ बजे पिडितकि बुहारी १८ वर्षिया भगवानी देवीको शव सडेगलेको आवस्थामा नजिकै रहेको गाद नदीबाट प्रहरीले फेला पारेपछि ससुरा र देवरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीचौकी प्रसाउनिभाठ प्रहरी सहायक निरिक्षक रामबासक प्रसाद कलवारले बताए । घटना विवरण अनुसार मृतक भगवानी देवी बेपता भएपछि उनका बुवाले खोजतलासको लागि हिजो बिहिबार प्रहरीचौकी प्रसौनीभाठमा उजुरी दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा सुराक नपाएपछि प्रहरीले ससुरा र देवरलाई नियन्त्रणमा लिइ केरकार गर्दा उनीहरुले दिएको जानकारीको आधारमा प्रहरीले खोज्दै जाँदा गाद नदीको सिमा क्षेत्रबीच शव सडेगलेको आवस्थामा भेटिएको इप्रका पोखरियाका प्रहरी निरिक्षक चत्रबहादुर शाहले बताए । मृतकका पति महेन्द्र पिडित विवाह भए लगतै कामका लागि दुइ वर्षदेखि भारतको दिल्लीमै छन् । बिहे भएछि उनी अहिलेसम्म घर आएका छैनन। बुहारीको ससुरा लागायत परिवारका अन्य सदस्यसंग लामो समयदेखि आपसी मनमुटाव रहेको स्थानीय वासिन्दाले बताएका छन् । बिहे भएलगतै केहि दिनपछि बुहारीमाथि विभिन लाञछना लगाउदै परिवारजनले कुटपिट गरेको गाउलेको भनाइ छ । मृतक शव पोस्टमार्टमको लागि नाउक्ष आस्पतालमा राखिएको छ । ससुरा र देवर दुबैजानालाई इप्रका पोखरियामा राखिएको प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1

0 Comments