Incident Reports

प्रदुषणको विरुद्ध प्रदर्शन

2016-08-11

Gandaki, Nawalparasi West, Pratappur, Ward 9

परासी जिल्लाको प्रतापपुर् -४ गंगापुर्स्थित इन्द्र सुगर मिल्समा रहेको डिस्टिलरीबाट बगेको रसायनले स्थानीयको बालीनाली नष्ट भएको जनाउदै स्थानीय किसानले प्रदर्शन गरेका छन्। आफ्ना विभिन्न माग गर्दै सदरमुकाम परासीमा प्रदर्शन गरेका हुन्। उद्योगले संचालन गर्दै आएको डिस्टिलरी बन्द गर्नुपर्ने, चिनी उद्योगको प्रदूषण न्यूनीकरण गर्नु पर्ने र डिस्टिलरीको प्रदूषणले बालीनाली र मानवीय केन्द्रमा परेको क्षतिपूर्ति दिइनु पर्ने माग राख्दै गाउबाट किसानले र्याली निकालेर प्रदर्शन गरेका थिए। शान्ति चौर नगरपालिकाबाट निस्केको र्याली नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेपछि प्रदर्शनकारीको तर्फबाट प्रतिनिधि मण्डललाई प्रशासनले बोलाएर उद्योग व्यवस्थापन संग छलफल गराएको थियो। प्रत्येक वर्ष उद्योगका कारण बाली क्षति हुने र क्षतिपूर्ति माग्न आन्दोलन गर्नुपर्ने भएको हुदा उनीहरुले त्यहा बाट चिनी उधोग बाहेक डिस्टिलरी बन्द गर्नु पर्ने माग प्रदुर्षण पिडित संघर्ष समिति का संयोजक बिनोध यादव ]ले माग गरेका थिए। प्रशासन मा उजुरी दिदा पनि प्रशासन ले समेत कारबाही अगाडी नबढाए पछि आन्दोलन भएका हुन्। साउन १९ गते स्थानिय किसन ले बाली क्षतिपूर्ति र उद्योग बाट बग्ने रसायनयुक्त पनि को व्यवस्थापन माग गर्दै उजुरी प्रशासन कार्यालय मा दर्ता गराएका थिए। प्रशासन ले २ पक्षीय छलफल का लागि साउन २६ गते प्रशासन कार्यालय बोलाएको थियो। प्रशासन मा किसन आउने तर उद्योग व्यवस्थापन नआए पछि आक्रोशित किसन आन्दोलित भएका हुन्। प्रशासन लाई समेत नटेर्ने उद्योग व्यवस्थापन किसानको के सुनुवाई गर्ने ? भन्दै आन्दोलनमा जानका लागि उनीहरुले तत्कालै प्रदुर्शन पिडित संघर्ष समिति गठन गरेको थियो। समिति को नेत्रित्रो मा बिहिबार एक सय भन्दा बढी किसान सदरमुकाम मा उपस्थिति भइ उधोग र प्रशासन विरुद्ध सुरु गरेको समिति का संयोजक यादव ले जनाए। यादव का अनुसार रसायन ले गर्दा ५० बिघा मा रहेका धानबाली र उखु नष्ट भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments