Incident Reports

लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित

2016-09-12

Bagmati, Sindhupalchok, Lisangkhu Pakhar

अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू बीच झडप भएपछि सो ठाउँको जग्गा नापी नक्सा हुन नसकेको स्थानीयको भनाइ छ । लालपुर्जा नहुनेसँग अनुदान सम्झौता नगर्नु भन्ने सरकारको नीति भएकोले राहत पाउनबाट वञ्चित भएको स्थानीय कमल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बहुदलीय व्यवस्थापछि नापी गराउन पहल कदमी भएपनि हालसम्म नापी नभएका कारण समस्या आएको हो । उक्त गाविसको अन्य वडाका भूकम्पपीडितलाई घर पुनर्निर्माणको लागि अनुदान सम्झौता भएर पहिलो किस्ता रकम उपलब्ध गराइएपनि वडा नं ८ का १ सय ३७ घर परिवारले लालपुर्जा नभएका कारण सम्झौता गर्न नपाएको पुनर्निर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालयका संयोजक भूवनेश्वर लामिछानेले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments