Incident Reports

बलात्कार घटनाको उजुरी दर्ता

2016-09-10

१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने ती बालिकालाई कसले बलात्कार गरेको हो सो कुरा थाहा नभएको पीडित बालिकाकी आमाले बताएकी छन् । ‘बाटोमै घर छ । दिउँसो सुताएर काममा गएकी थिएँ । घर आउँदा ओछ्यान रक्ताम्मे थियो ।’–उनले भनिन्–‘१२ वर्ष उमेर पुगेकाले महिनावारी शुरु भएको होला भन्ने ठानेर सफा गरेँ । तर, नानीलाई धेरै अप्ठेरो भएको बुझेर भदौ २७ गते स्वास्थ्य चौकीमा लैजाँदा स्वास्थ्यकर्मीले बलात्कार भएको छ । जिल्ला अस्पताल लैजानु भने ।’ पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २८ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments