Incident Reports

दस हजार घुससहित समातिए इन्जिनियर

2016-09-14

Province 1, Sunsari, Itahari

सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा इटहरी उपमहानगरपालीकाका सवइन्जिनियर नरेश श्रेष्ठ पक्राउ परेका छन् । इटहरीको जानकी मन्दिरको ड्रेन निर्माण गर्दाको प्राविधिक रिपोर्ट र योजना फचौटको सिफारिस नगर्ने धम्की दिदै आएका सब इन्जिनियर श्रेष्ठलाई घुस रकम लिदै गरेको अबस्थामा कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीको टोलीले बुधवार पक्राउ गरेको हो । इन्जिनियर श्रेष्ठले इटहरीको जानकी मन्दिरको डे«न निर्माण उपभोक्त समितिसंग प्राविधिक रिपोर्ट बनाए वापत १० हजार रकम घुस मागेपछी उपभोक्त समितिका पदाधिकारीसंग घुस रकम लिएर लगत्तै अख्तियारको टोलीले उनलाई पक्राउ गरिएको अख्तियार क्षेत्रिय प्रमुख रविन्द्र शर्माले जानकारी दिएका छन् । घुस रकम सहित पक्राउ परेका सबइन्जिनियर श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका श्रेष्ठ विरुद्ध भष्ट्रचार गरिउको अभियोगमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइने शर्माले जानकारी दिएका छन् । श्रेष्ठलाई आबश्यक कारबाहीका लागि विहिवार अख्तियारको केन्द्रिय कार्यालय लगिने बताइएको छ ।
National/Online Media

0 Comments