A teacher and his wife from Beltarbasaha municipality-5 Madibas has been banished from a village, accusing him of fighting with villagers repeatedly .
It is learnt that teacher Devraj Khadka and his wife Ratna Khadka were banished from the village following the fight with Khamba Bahadur Khadka and his son a months ago.
According to Devraj, Khamba Bahadur accused him of attacking a truck six months ago. Following the incident, school management committee suspended him from the school and lodged a complaint against him but he was found innocent later. He also said that he has not received the salary from that day.
स्थानीयलाई 'वास्ता नगरेको' भन्दै बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई 'सामाजिक बहिस्कार' गरिएको छ। बहिस्कार मात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको छ।
शिक्षक भएर पनि गाउँलेसँग पटकपटक झगडा गरेको भन्दै शिक्षक खड्कालाई पछिल्लोपटक साउन ३० गते खेतमा पानी लगाउन गएको अवस्थामा स्थानीयले आक्रमण गरेका थिए। स्थानीय खम्बबहादुर खड्का र उनका छोरा दिनेशले शिक्षक खड्का र उनकी पत्नी रत्नकुमारीलाई आक्रमण गरी घाइते बनाएका थिए। खम्बबहादुर र दिनेशसँग भएको झगडाको विषयलाई लिएर देवराज र उनकी पत्नी रत्नलाई बहिष्कार गरिएको स्थानीयले बताए।
करिब ६ महिनाअघि पनि गाउँको बाटो भएर शव बोकेर गएको एउटा ट्रयाक्टरमाथि आक्रमण गरेको शिक्षक खड्कालाई आरोप लगाइएको थियो। आक्रमण दिनेश खड्कालगायतको समूहले गरे पनि आरोप देवराज, उनकी पत्नी रत्न र छोराहरूलाई लगाइएको थियो। ट्रयाक्टरमाथि आक्रमण गरेको आरोपमा उनलाई विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र स्थानीयले मुद्दासमेत लगाएका थिए। मुद्दा लगाएको समयमा शिक्षक खड्का निलम्बनमा परे पनि पछि सफाइ पाए। त्यो समयपछि अहिलेसम्म तलबभत्ता नपाएको उनले गुनासो गरे।
.
विघटित व्यवस्थापन समिति र केही स्थानीयले विद्यालय प्रशासन र शिक्षा कार्यालयलाई दबाब दिएर तलबभत्ताबाट वञ्चित गरेको पीडित देवराजले बताए। 'तलबभत्ता माग्दा उल्टै विभिन्न आरोप लगाएर सांघातिक आक्रमण गरे,' शिक्षक खड्काले भने, 'तलबभत्ता मागेकै विषयलाई लिएर खेतमा पानी लगाउन जाँदा विवाद गरेर खम्बबहादुर र दिनेशलगायतको समूहले आक्रमण गरे।' आक्रमणपछि इलाका प्रहरी कार्यालय बेल्टारमा जाँदा प्रहरीले उल्टै हप्काएर पठाएको उनले बताए। आक्रमणबाट शिक्षक खड्काको टाउकामा गहिरो चोट लागेको छ। उनकी पत्नी रत्नाको मेरुदण्डको दुइटा हड्डी फुटेको उपचारमा संलग्न चिकित्सकले बताए।
शिक्षक खड्का दम्पती घरमा बस्ने र विद्यालयमा गएर पढाउने वातावरण नभएपछि विस्थापित भएको स्थानीय वंशीबहदुर खड्काले बताए। 'पहिले जे-जस्तो भए पनि पछिल्लो घटनामा शिक्षक खड्का पीडित छन्,' वंशीबहादुरले भने, 'समाजमा बस्ने कसैले अपराध गर्छ भने उसलाई कानुनी कारबाही हुन्छ।' तर शिक्षक खड्कालाई सामाजिक बहिस्कारसँगै गाउँनिकालाको निर्णय गर्नु गलत भएको उनले बताए। ३ सय ६८ जनाले हस्ताक्षर गरेर सामाजिक बहिष्कारको निर्णय गरेको विगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले बताए ।