Incident Reports

छोरीको हत्या गरेको आरोपमा अस्पतालमा आमामाथि निगरानी

2016-09-15

Madhes, Siraha, Dhangadhimai

धनगढीमाइ नपा–१२ विष्णुपुरकट्टीकी एक वर्षीया छोरीलाई ३० वर्षीया आमा हिरा खडकाले भदौ ३० गते घर नजिकैको इनारमा फालेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले आरोप लगाएको छ । प्रहरीका अनुसार हिराले आफ्नो घर छेउकै सार्वजनिक इनारमा छोरीलाई फाली आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको र आमा भने बाँचेकी छन् । इनारमा हाम फाल्दा घाइते हिराको लहान स्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइहरेको लहान अस्पतालले जनाएको छ । पीडित बालिकाको शवको पोष्टमार्टम भदौ ३० गते रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले छोरीलाई इनारमा फालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकोले उपचारमा रहेकी हिरामाथि अस्पतालमै निगरानी थालिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Morang

0 Comments