Incident Reports

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन तयारी गरेका विप्लव माओवादीका ९ जना कार्यकर्ता पक्राउ

2016-09-18

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ९ जना कार्यकर्तालाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयुक्त रुपमा जारी गरेको प्रेस वक्तव्य राष्ट्र हित विपरित भएको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई पक्राउ गरेको हो । भारत भ्रमण सकेर आइतबार स्वदेश फर्कन लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए । पक्राउ पर्नेमा प्रकाश अधिकारी, विजय बस्नेत, एलबी बुढाथोकी, राकेश कार्की, बिमल खड्का, राजकुमार बस्नेत, शेरबहादुर गुरुङ, बद्री गुरुङ र ईश्वर बुढाथोकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 9
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth

0 Comments