Incident Reports

कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

2016-09-14

Lumbini, Arghakhanchi, Sandhikharka

सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले भदौ ३१ गते नारायणविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सन्धिखर्कको ओख्रे जङ्गलमा छोरी जन्माएको भन्दै १९ दिनकी सुत्केरी पत्नीलाई नारायणले भदौ २९ गते कुटपिट गरेको पीडित महिलाले बताइन् । ‘विवाह भएको एक वर्षदेखि बच्चा नजन्माएको भन्दै कुटपिट गर्नुहुन्थ्यो । बच्चा भएपछि छोरी जन्माई भनेर गालिगलौज गरिरहनुभयो । भदौ २९ गते दिउँसो छोरीको उपचार पछि घर आउँदै गर्दा बाटोमा तंैले छोरी जन्माउने भन्दै कुटपिट गरेपछि बेहोस भई लडेँ ।’ अञ्जनाले भनिन् । पतिको कुटपिटका कारण अञ्जनाको टाउको र शरीरको अन्य भागमा स–साना चोटहरू भएको प्रहरीले जनायो । सूचनाको आधारमा प्रहरीले भदौ ३० गते खोजतलास गर्दै जाँदा अञ्जनालाई सन्धिखर्कको ओख्रे जङ्गलमा फेला पारेपछि सोही दिनदेखि जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन राजभण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments