Incident Reports

मधेस विरोधी संविधान भएकोभन्दै राजविराजमा प्रदर्शन

2016-09-19

Madhes, Saptari, Rajbiraj

२०७२ साल असोज ३ गते जारी भएको संविधान मधेस र मधेसी विरोधी भएको भन्दै विभिन्न दल सम्बद्ध मोर्चा र समुहहरुले सोमबार राजविराजमा कालो दिवस मनाएका छन् । संघिय लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा राजविराजस्थित शिव मन्दिरको परिसरबाट दिउँसो सुरु भएको विरोध जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रर्दशनमा सहभागी मोर्चाका नेता कार्यकर्ताहरुले टाउकोमा कालो पट्टी बाँध्नुका साथै हातमा कालो झण्डा बोकेका थिए । आफूहरुको हक अधिकार सुनिश्चत नभएसम्म तथा मधेसी भूमिलाई मधेस प्रदेशमा नगाभिएसम्म विभेदकारी संविधान नमान्ने बरु आन्दोलन अझै चर्काउने प्रदर्शनका सहभागीले बताए । प्रदर्शनका सहभागीहरुले सरकार र मुख्य दल संविधान संशोधन गरि मधेसी आदीवासी जनजाती लगायतका माग सम्बोधन गर्न जिम्मेवार नभएको भन्दै उनीहरु विरुद्ध पनि चर्को नाराबाजी गरेका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजविराज नगर क्षेत्रमा प्रदर्शन पछि स्थानिय गजेन्द्र चौकमा सभा गरेको थियो । सभामा मोर्चा आबद्ध विभिन्न दलका नेताहरुले सदियाैंदेखि अधिकार विहिन बनाइएका मधेसी समुदायले यसपटक अधिकारको सुनिश्चतता गरेर मात्र आन्दोलनलाई विराम दिने बताए । मोर्चाकै अगुवाईमा जिल्लाको भारदह, तोपा, कञ्चनपुर, रुपनी, कल्याणपुर, बोदेवरसाइन लगायतका स्थानमा पनि कालो दिवस मनाइएको छ । यस्तै स्वतन्त्र मधेसी मोर्चा राजविराजको अगुवाईमा सोमबारै राजविराजमा गतवर्ष जारी भएको नेपालको संविधान विरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनपछि स्थानीय जन आन्दोलन चोकमा आयोजित स्वतन्त्र मधेसी मोर्चाको सभामा तराई मधेस राष्ट्रिय अभियानका संयोजक पूर्व मन्त्री जयप्रकाशप्रसाद गुप्ता, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, अनिस अन्सारी, बलराम यादव र उमेश साह कमाण्डो लगायतका वक्ताहरुले बोलेका थिए । यस्तै एकवर्ष अघि असोज ३ गते संविधान सभाबाट जारी भएको संविधान मधेस विरोधी रहेको भन्दै संघिय समाजवादी फोरम नेपाल निकटको संघिय प्रेस फोरमले सोमबार सप्तरी सदरमुकाम राजविराजमा कालोपटी बाँधी प्रदर्शन गरेको छ । स्थानीय जन आन्दोलन चोकबाट सुरु भएको प्रदर्शन राजविराज नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागी पत्रकारहरुले टाउको र हातमा कालोपटी बाँधेका थिए । प्रदर्शनपछि स्थानीय जन आन्दोलन चोकमा आयोजित कार्यक्रममा संघिय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, प्रेस मञ्चका अध्यक्ष शुभचन्द्र झा लगायतकाले संविधानमा रहेका त्रुटी तत्काल संशोधनका मार्फत टुंग्याएर मधेसीलाई मान्य हुने संविधान र सीमांकनको टुंगो लगाउनुपर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total Injured 2

0 Comments

Related Trend Analysis