Incident Reports

घुस रकमसहित ओभरसियर अख्तियारको नियन्त्रणमा

2016-09-20

Bagmati, Kathmandu, Tokha, Ward 2

टोखा नगरपालिकामा कार्यरत ओभरसियर बुद्धिराज गुरुङ घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ४५ हजार रूपैंयाँ घुस लिँदालिँदैको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म‌ंगलबार ओभरसियर गुरुङलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाण-पत्र बनाइदिने भन्दै गुरुङले घुस लिएका थिए । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

0 Comments