Joint Democratic Madeshi Front cadres have vandalized one hospital, five night buses and one hotel on September 19 on charge of putting on the light as they have marked the day as “Black Day”.
The cadres have vandalized a night bus with a registration number Na 5 Kha 4949 which was heading toward Biratnagar. Similarly cadres have vandalized another night bus with a registration number Na 6 Kha 1445 parked at Balan Khola of Lahan Municipality-3. Similarly other three buses were vandalized.
The cadres have also vandalized Alfred Health care and Diagnostic center at Lahan Municipality-3 on charge of putting on the light on the day of “Blackout” announced according to DSP Raj Kumar KC of Area Police Office, Lahan.
The cadres have also smashed the windows of Hotel East Point in the same Municipality-4.
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले असोज ३ गते साँझ ब्ल्याक आउटको समयमा बत्ति बालेको आरोपमा एउटा अस्पताल, पाँच ओटा रात्री बस र एउटा होटलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरूले लहान नपा-१ स्थित सहिद चोकमा रोकिराखेको ना. ५ ख ४९४९ नम्बरको विराटनगरबाट काठमाडौँ हिँडेको रात्री बसमा ढुङ्गा हानी अगाडिको सिसा फुटाई क्षति पुर्याएका हुन् । त्यसैगरी मोर्चाका कार्यकर्ताहरूले लहान नपा-३ स्थित बलान खोला छेउमा रोकिराखेको धरानबाट काठमाडौँ छुटेको ना. ६ ख १४४५, काकडभिट्टाबाट बुटबल जाने लु. १ ख ८७०१, विराटनगरबाट काठमाडौँ जाने ना. ५ ख ४३२१ र राजबिराजबाट काठमाडौँ जाने ना. ६ ख ७२२८ नम्बरको बसमा ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाएको प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले ब्ल्याक आउटमा बत्ति बालेको आरोपमा लहान नपा-३ स्थित अल्फ्रेड हेल्थकेयर एण्ड डाइगनोष्टिक सेन्टर प्रालिको इमरजेन्सी कक्षको अगाडिको सिसा समेत फुटाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
मोर्चाकै कार्यकर्ताहरुले सोही नपा-४ स्थित होटल इष्ट प्वाइन्टको झयालका सिसासमेत फुटाएका केसीले बताए ।