Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

2016-09-16

Lumbini, Dang, Tulsipur

तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सन्तोष रोकाले बताए । ‘छोरा अर्जुन परियार लामो समयदेखि बिरामी भएपछि मोती भदौ ३० गते अक्षता हेराउन तुलसीपुर नपा-२० नवलपुरमा भण्डारीको कूल पुजाका धामीसमक्ष पुगेकी थिइन् । अक्षता देखाउने क्रममा एक्कासी धामी रुन कराउन थालेपछि अक्षता हेराउन दलित र बोक्सी महिला आएको भन्दै धामीकी बहिनी अनिता भण्डारीले कुटपिट गरे ।’-मोतिले भनिन् । कुटपिटबाट मोतिको टाउको, आँखा र मुखमा चोट लागेको छ । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भदौ ३० गते नै उपचार गरिएको प्रहरीले जनाएको छ । अनिताका दाजु तथा धामी प्रल्हाद भण्डारीले कूलपुजाका लागि सात दिनसम्म खाना नखाई व्रत बसेका कारण चक्कर लागेर आफू ढलेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments