Incident Reports

हतियार सहित पक्राउ

2016-09-19

Madhes, Siraha, Mirchaiya, Ward 4

 धनुषा सिंगामाडि मडान–३ हतमुडा बस्ने २४ बर्षीय नागेन्द्र यादव र सिरहा विद्यानगर–८ बस्ने ३४ बर्षीय जाहिर रायनलाई प्रहरीले पेस्तोल र गोली सहित पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–१ स्थित आँपको बगौचामा अवैध हातहतियार सहित केही अपराधिक व्यक्तिहरु लुकीछिपी बसिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोली सोमबार उनीहरुलाई को.४.प. ५५८७ नम्बरको मोटरसाइकल सहित फेला पारी तलासी गर्दा यादवले कम्मरमा टिसर्टले छोपी लुकाई राखेको अवस्थामा नलकटुवा पेस्तोल १ नाल, सोको गोली ५ राउण्ड र रायनको कम्मरमा सर्टले छोपी लुकाई छिपाई राखेको अवस्थामा युएस अटो पेस्तोल १ थान, सोको म्याग्जिनमा ९ राउण्ड गोली लोड र १ थान खालि म्याग्जिन बरामद भएको थियो ।
Police website , Local Newspaper - Siraha

0 Comments