Incident Reports

Kailali Daily: Tamang arrested for human trafficking

2016-09-07

Bagmati, Chitawan, Chitwan National Park

District Police Office Chitwan arrested 24-year-old Urmila Tamang of Hadikhola-7, Makwanpur on the charge of being involved in human trafficking. She was arrested while taking two 18/19 years old girls of Padampur, Kalika Municipality towards Majunima, India. She has been known to prey on victims who do not have parents. चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । मकवानपुरको हाडीखोला-७ घर बताउने २४ बर्षीय उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८/१९ बर्षीय दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो । यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी (नाम परिवर्तित ) हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन् । अभियुक्त तामाङले दिदी मायाको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पुर्याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताउनुभयो । उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पुर्याउने गरेको उहाले जानकारी गराउनुभयो । चालु आवमा मानव बेचबिखनको यो पहिलो मुद्धा भएको तर आव २०७२/०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्धामा १८ जनालाई मुद्धा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

0 Comments