Incident Reports

मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ

2016-09-07

Bagmati, Chitawan, Chitwan National Park

चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । मकवानपुरको हाडीखोला-७ घर बताउने २४ बर्षीय उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८/१९ बर्षीय दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो । यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी (नाम परिवर्तित ) हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन् । अभियुक्त तामाङले दिदी मायाको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पुर्याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताउनुभयो । उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पुर्याउने गरेको उहाले जानकारी गराउनुभयो । चालु आवमा मानव बेचबिखनको यो पहिलो मुद्धा भएको तर आव २०७२/०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्धामा १८ जनालाई मुद्धा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

0 Comments