Incident Reports

भारत लगिँदै गरेका तीन युवतीको उद्धार, बसका सहचालकले बोलाए प्रहरी

2016-09-23

Madhes, Dhanusha, Mithila

बेच्नका लागि तीन जना युवतीलाई भारत लान लागेको आशंकामा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर तीन जना युवतीको उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको याकु गाविस–७ की १९ वर्षकी निर्मला विक, उनकी बहिनी १८ वर्षकी शर्मिला विक र २१ वर्षकी गीता विकको उद्धार गरी उनीहरुलाई लान लागेकी ३६ वर्षकी पवित्रा कोइरालालाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको छ । बिहीबार काठमाडांैबाट डिलक्स बसमा चढेर बिराटनगर जाँदै गर्दा बेचविखनका लागि युवतीहरुलाई फकाईफुलाई लग्न लागेको बसका सहचालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय ढल्केवर नजिक बस रोकेर प्रहरीले जाँच गरी तीन जना युवती र उनीहरुलाई लग्न लागेकी कोइरालालाई नियन्त्रणमा लिएको थियो । दिदीबहिनी रहेकी निर्मला र शर्मिलाले आफूहरुलाई वैदेशिक रोजगारका लागि पठाइ दिने भन्दै काठमाडांै लगेर आफ्नी सानीमाले काठमाडाैका एक एजेन्ट सुभाष खड्कालाई जिम्मा लगाएको बताएकी छन् । त्यस पश्चात ती एजेन्टले आफूहरुलाई भारतबाट विदेश पठाई दिने भन्दै विराटनगरको बस चढाई त्यहाँ गएर शक्ति दाइलाई भेट्न भनेको प्रहरीमा बयान दिएका छन् । बस चढेर आउँदै गर्दा बाटोकै एक होटेलमा खाना खान बस्दा ती पवित्रा कोइराला नामकी महिलासँग कुराकानी भएको र उनले विदेशमा यौन हिंसा हुने गरेको बताउँदै आफूहरुलाई विराटनगरमै राम्रो काम लगाइदिने आश्वासन दिँदै आफूहरुसँगै हिँडेकी युवतीहरुको भनाई छ । उनीहरु जिलला प्रहरी कार्यालय धनुषाको सेफ हाउसमा रहेको र थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले बताउनुभएको छ ।
National/Online Media

0 Comments