Incident Reports

Police alleged of not arresting an acuse of rape attempt

2016-09-14

Karnali, Surkhet, Panchpuri, Ward 7

33 years old woman has submitted a complain against district police office in the regional police office for not arresting an unknown person who attempted rape on her. The woman who is a resident of Chapre VDC 5 registered the complain on 22 September. The victim accused a 26 years old employee of Lekali Hotel situated in Jumla road. She had come to Birendranagar for a training program. According to her, she was forced to make a complain in regional police office after no action was taken even after making the complain to both program organizing institution and district police office. She also accused D.S.P Bahadur Jung Malla of giving her mental torture while making the complain in the district police office. According to the victim and her family, the response of the DSP was that he can't arrest the person without any basis because there is no any act as such theft of property, mishandling or rape, going to her room only is not a crime. आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की ३३ वर्षीया एक महिलाले ०७३ असोज ६ गते क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतमा उजुरी दिएकी छन् । तालिमका लागि वीरेन्द्रनगर आएकी महिलालाई जुम्लारोडस्थित हाम्रो लेकाली होटलमा कार्यरत २६ वर्षीय कामदारले भदौ २९ गते राति बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । बलात्कार प्रयास घटनाको बारेमा आयोजक संस्था र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउँदा कुनै सुनवाइ नभएपछि क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएको पीडित महिलाले बताइन् । ‘यो घटनामा जिल्ला प्रहरी कार्यालय र होटल व्यवसायी मिलेको देखियो ।’-पीडित महिलाले भनिन्-‘त्यसैले प्रहरीको माथिल्लो निकायमा उजुरी दिएकी हुँ ।’ क्षेत्रीय प्रहरी कार्यालयमा दिएको उजुरीमा घटना भएको भोलिपल्ट मौखिक र असोज २ गते लिखित निवेदन दिँदा पनि जिल्ला प्रहरी कार्यालयले कारबाहीको कुनै प्रक्रिया अघि नबढाएको उल्लेख छ । निवेदनमा आरोपित र आरोपितलाई भगाउने लेकाली होटलका सञ्चालक हरिप्रसाद अधिकारीलाई गिरफ्तार गरेर कारबाही गर्न माग गरिएको छ । ‘घटनामा संलग्न व्यक्ति को हुन ? कुन ठाउँमा कस्तो अवस्थामा छन् होटल सञ्चालकलाई राम्रो सँग थाहा छ ।’-उजुरीमा भनिएको छ । पीडत महिलालाई होटलका कामदारले भदौ २९ गते राति बलात्कार प्रयास गरेको र १० मिनेटसम्म प्रतिकार गरेको पीडितले बताएकी छन् । पीडतका अनुसार प्रहरीलाई खबर गर्नका लागि होटलको काउण्टरमा जाँदा साहुले रोकेका थिए । ‘मेरो होटलको काम गर्ने केटा हो, भोलि बिहान उपस्थित गराउँछु, बाहिर हल्ला भएपछि होटलको बदनाम हुन्छ भन्दै होटल सञ्चालकले रोके ।’-पीडितले भनिन् । होटल सञ्चालक हरिप्रसाद अधिकारीले एक दिनअघि मात्र नाम ठेगाना थाहा नभएका व्यक्तिलाई काममा राखेको बताए । उनले प्रहरीसँग दुई दिनदेखि काममा रहेको बताएका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको नाम नखुलेको जनाएको छ । होटल सञ्चालक अधिकारीले आफू सुतिरहेको समयमा राति होटलको मूल गेट फोडेर उनी भागेको बताउँदै आएका छन् । जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रमुख डीएसपी बहादुरजङ्ग मल्लले उल्टै पीडितलाई मानसिक यातना दिएको पीडितले आरोप लगाएकी छन् । घटनामा संलग्न व्यक्तिलाई कारबाहीको मागगर्दै जिल्ला प्रहरी कार्यालय पुगेका पीडित र पीडितका आफन्तहरूलाई डीएसपी मल्लले उल्टै मानसिक यातना दिएको उनीहरूको भनाइ छ । ‘दाम-पैसा चोरी भइदिएको भए एक हुन्थ्यो, तपाईलाई केही पनि भएको छैन्, कोठामा जानु मात्र अपराध होइन । इज्जत लुटेको छ । हातपात गरेको छ भने भन्नुहोस् । साथै होटल साहुलाई नेपालको कुन कानुनले पक्राउ गर्न सकिन्छ । वकिल ल्याएर आउनुहोस् । त्यसपछि सल्लाह गरौंला भनी फर्काइदिए ।’-पीडितले बताइन् । डीएसपी मल्लले भने घटनाको बारेमा जानकारी आएपनि उचित प्रमाणको अभावमा कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताए । पीडितको निवेदनपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइसकिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments