Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको आरोप

2016-09-14

Karnali, Surkhet, Panchpuri, Ward 7

आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की ३३ वर्षीया एक महिलाले ०७३ असोज ६ गते क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतमा उजुरी दिएकी छन् । तालिमका लागि वीरेन्द्रनगर आएकी महिलालाई जुम्लारोडस्थित हाम्रो लेकाली होटलमा कार्यरत २६ वर्षीय कामदारले भदौ २९ गते राति बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । बलात्कार प्रयास घटनाको बारेमा आयोजक संस्था र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउँदा कुनै सुनवाइ नभएपछि क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएको पीडित महिलाले बताइन् । ‘यो घटनामा जिल्ला प्रहरी कार्यालय र होटल व्यवसायी मिलेको देखियो ।’-पीडित महिलाले भनिन्-‘त्यसैले प्रहरीको माथिल्लो निकायमा उजुरी दिएकी हुँ ।’ क्षेत्रीय प्रहरी कार्यालयमा दिएको उजुरीमा घटना भएको भोलिपल्ट मौखिक र असोज २ गते लिखित निवेदन दिँदा पनि जिल्ला प्रहरी कार्यालयले कारबाहीको कुनै प्रक्रिया अघि नबढाएको उल्लेख छ । निवेदनमा आरोपित र आरोपितलाई भगाउने लेकाली होटलका सञ्चालक हरिप्रसाद अधिकारीलाई गिरफ्तार गरेर कारबाही गर्न माग गरिएको छ । ‘घटनामा संलग्न व्यक्ति को हुन ? कुन ठाउँमा कस्तो अवस्थामा छन् होटल सञ्चालकलाई राम्रो सँग थाहा छ ।’-उजुरीमा भनिएको छ । पीडत महिलालाई होटलका कामदारले भदौ २९ गते राति बलात्कार प्रयास गरेको र १० मिनेटसम्म प्रतिकार गरेको पीडितले बताएकी छन् । पीडतका अनुसार प्रहरीलाई खबर गर्नका लागि होटलको काउण्टरमा जाँदा साहुले रोकेका थिए । ‘मेरो होटलको काम गर्ने केटा हो, भोलि बिहान उपस्थित गराउँछु, बाहिर हल्ला भएपछि होटलको बदनाम हुन्छ भन्दै होटल सञ्चालकले रोके ।’-पीडितले भनिन् । होटल सञ्चालक हरिप्रसाद अधिकारीले एक दिनअघि मात्र नाम ठेगाना थाहा नभएका व्यक्तिलाई काममा राखेको बताए । उनले प्रहरीसँग दुई दिनदेखि काममा रहेको बताएका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको नाम नखुलेको जनाएको छ । होटल सञ्चालक अधिकारीले आफू सुतिरहेको समयमा राति होटलको मूल गेट फोडेर उनी भागेको बताउँदै आएका छन् । जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रमुख डीएसपी बहादुरजङ्ग मल्लले उल्टै पीडितलाई मानसिक यातना दिएको पीडितले आरोप लगाएकी छन् । घटनामा संलग्न व्यक्तिलाई कारबाहीको मागगर्दै जिल्ला प्रहरी कार्यालय पुगेका पीडित र पीडितका आफन्तहरूलाई डीएसपी मल्लले उल्टै मानसिक यातना दिएको उनीहरूको भनाइ छ । ‘दाम-पैसा चोरी भइदिएको भए एक हुन्थ्यो, तपाईलाई केही पनि भएको छैन्, कोठामा जानु मात्र अपराध होइन । इज्जत लुटेको छ । हातपात गरेको छ भने भन्नुहोस् । साथै होटल साहुलाई नेपालको कुन कानुनले पक्राउ गर्न सकिन्छ । वकिल ल्याएर आउनुहोस् । त्यसपछि सल्लाह गरौंला भनी फर्काइदिए ।’-पीडितले बताइन् । डीएसपी मल्लले भने घटनाको बारेमा जानकारी आएपनि उचित प्रमाणको अभावमा कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताए । पीडितको निवेदनपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइसकिएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments