Incident Reports

कारागारको क्षमताभन्दा चौगुणा कैदी र थुनुवा

2016-09-26

Karnali, Jajarkot, Bheri

जाजरकोटको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा हुँदा समस्या भएको छ। कारागारको क्षमता १० जनामात्र भए पनि अहिले ४४ जना कैदी तथा थुनुवा हुँदा निकै सकस भएको छ। एकजना महिलासहित ३६ जना कैदी र सातजना थुनुवा गरी जम्मा ४४ जना कैदीबन्दी भएपछि समस्या भएको जेलर तेजविक्रम शाहले जानकारी दिए। दिनानुदिन कैदीको सङ्ख्या बढ्दै जानु र भौतिक संरचना कमजोर हुँदै जानुले उनीहरुलाई व्यवस्थापन र सुत्ने ठाउँको समस्या देखिएको छ। कैदीबन्दीको सङ्ख्या बढेसँगै उनीहरुको बस्ने, खानेमा समेत समस्या देखापरेको छ। कैदीबन्दीको समस्यालाई ध्यानमा राखी जटिलता नहोस् भनेर उनीहरुलाई बेलाबखत स्वास्थ्य उपचार गराउँदै आएको जेलर शाहले बताए। त्यस्तै कतिपय दीर्घरोगी तथा बिरामी भएका कैदीलाई सुविधा सम्पन्न अस्पतालमा कारागारबाट सिफारिस गर्न कठिनाइ भएको बताइएको छ। बाल सुधारगृह पनि नभएकाले सम्बन्धित निकायमा पटक पटक जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको जेलर शाहले बताए। हाल कारागारमा कर्तव्य ज्यान, चोरी डकैती, जबर्जस्ती करणी, लागुऔषध, बहुविवाहलगायतका कैदीले सजाय काटिरहेका छन्।
National/Online Media

0 Comments