Incident Reports

‘राईसमिलको जग्गा सार्वजनिक भन्दै प्रदर्शन’

2016-09-25

Madhes, Rautahat, Gaur

५ स्थित राईसमिल रहेको जग्गामा नगरपालिकाको स्वामित्वमा कायम गरिनु पर्ने माग गर्दै आइतबार स्थानीय बासिन्दाले गौरमा प्रदर्शन गरेका छन् । उनीहरुले गौर राईसमिलको ५ विगहा १९ कठ्ठा १५ धुर जग्गा संरक्षण समिति बनाएर भु–माफियाबाट जग्गा बचाउ अभियानमा जुटेका हुन् । सार्वजनिक जग्गालाई भुमाफियाले फर्जी कागजात तयार पारी आफ्नो नाममा कायम गराउन षडयन्त्र गरिरहेकोले त्यसलाई विफल पार्न स्थानीय बासिन्दा प्रदर्शनमा उत्रेका हुन् । लामो समयदेखि उक्त जग्गा सार्वजनिक रुपमै भोगचल हुँदै आएको स्थानीयले बताएका छन । स्थानियले विपी चोकबाट सुरु भएको जुलुश नगरको विभिन्न भागको परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालयमा पुगेर सम्पन्न भएको थियो । जुलुश पश्चात माग समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नरहरी बराललाई हस्तान्तरण गर्दै भूमाफियाको चलखेललाई निस्तेज पार्न आवश्यक पहल गरीदिन स्थानीयले माग गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, गृह मन्त्रालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि पठाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments