Incident Reports

संविधान दिवसको कतै उल्लास, कतै विरोध

2016-09-19

Lumbini, Banke, Nepalgunj

राजनीतिक दल लगायतको सहभागिता रहेको थियो । दिवसको अवसरमा नेपाल सांस्कृतिक संघले नेपालगन्जको विपी चोकमा दीप प्रज्वलन गरेको छ । विपी चोकमा मैनबती बालेर संविधान २०७२ को सम्झना गरेको नेपाल सांस्कृतिक संघ बाँकेका सभापति सन्तोषराज पौडेलले बताए । सो अवसरमा नेपाली कांग्रेस बाँकेक उपसभापति सुनिल नरसिंह राणाले संविधान भनेको परिवर्तनशील हुने हुदा यसको विरोध गर्नुभन्दा पनि संसोधन गरी आफ्ना मागलाई लिन सक्ने कुरा भएकाले विरोध गर्नुले कुनै अर्थ नराख्ने धारणा राखे । 'संविधान सभाको लडाई २००७ सालबाट भएको हो, यसको नेतृत्व नेपाली काँग्रेसले गरेको कुरामा हामीहरु विश्वस्त हुनुपर्दछ, ' उनले भने । यसैबीच संयुक्त लोकत्रान्तिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान दिवसलाई कालो दिनका रुपमा मनाएका छन् । मधेश र मधेशी लगायत आदिवासी जनजाती, मुस्लिमको अधिकार कुण्ठित गरी संविधान जारी गरिएको भन्दै मोर्चाले सोमबार कालो दिनको रुपमा मनाएको हो । संविधानविरुद्ध मोर्चा बाँकेले नेपालगन्जमा र्याली, कोणसभा लगायतका कार्यक्रम गरेको छ । कालो झण्डासहित हातमा कालो पट्टि बाधेर त्रिभुवन चोकबाट शुरु भएको विरोध र्याली विपी चोक, धम्बोझी, सेतु बिक चोक, न्युरोड हुदै पुन: त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । मधेशी आदिवासी जनजातीलाई वेवास्ता गरी बनाइएको संविधान आफुहरुलाई स्वीकार्य नभएको भन्दै सहभागीहरुले त्रिभुवन चोकमा संविधान जलाएका थिए । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका नेता, कार्यकर्ताले आफूहरुका माग सम्वोधन नहुदासम्म आन्दोलन जारी रहने बताए । तराई मधेश लोकतान्त्रिक पार्टीका सह-महामन्त्री पशुपतिदयाल मिश्रले २०६२/६३ को मधेश आन्दोलनको जगमा आएको अन्तरिम संविधानमा उल्लेख भएको अधिकार समेत अहिलेको संविधानले कटौती गरेकाले संविधान संशोधन नहुदासम्म आन्दोलन जारी रहने चेतावनी दिए । तमलोपाका केन्द्रिय सदस्य विजय गुप्ता, बाँके अध्यक्ष गिरिजाप्रसाद पाठक, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य जगदीशबहादुर सिंह, बाँके अध्यक्ष कमरुदीन राई, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष केशवराम वर्मा लगायतले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज बनाउनुपर्ने र उच्च अदालत पनि नेपालगन्जमै राख्नुपर्ने माग गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis