Incident Reports

बहुविवाहका आरोपितहरू गिरफ्तार

2016-09-28

Madhes, Saptari, Shambhunath

कोबर्साइन गाविस–३ की २३ वर्षीया दाइवती मलाहा मुखियाले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय शम्भु मुखिया र कान्छी पत्नी २२ वर्षीया रिन्कु मुखियालाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । आरोपित शम्भुले भारत विहारको सुपौल मैन्ही गाउँकी रिन्कुसँग ०७३ भदौ २९ गते दोस्रो विवाह गरी घर भित्र्याएको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज १० गते बहुविवाहको आरोपमा उजुरी दिएकी थिइन् । पीडित महिला र शम्भुबीच सामाजिक परम्पराअनुसार ०६६ माघ २८ गते विवाह भएको र एक छोरा र एक छोरीसमेत रहेका छन् ।

0 Comments