Incident Reports

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

2016-09-29

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर आएको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०७३ असोज ६ गते उजुरी दिएका थिए । पीडितका आफन्तले दिएको उजुरीका आधारमा आरोपितलाई असोज १० गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्दी बज्राचार्यले बताए ।

0 Comments