Incident Reports

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

2016-09-29

Madhes, Siraha, Dhangadhimai, Ward 5

बहुविवाह गरेको कसुरमा अयोध्यानगर गाविस-१ का ३५ वर्षीय रामकुमार महतो र २२ वर्षीया सुशीला खत्रीलाई जिल्ला अदालतले असोज १२ गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । अयोध्यानगर गाविस-१ की ३१ वर्षीया प्रमिलाकुमारी महतोले पति रामकुमार र उदयपुर जिल्ला भलायोडाँडा गाविस-१ की सुशीलाले ०७२ भदौ १२ गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा ०७२ असोज १७ गते उजुरी दिएकी थिइन् । आरोपित रामकुमार जिल्ला अदालतमा वैशाख ३० गते उपस्थित भई ४० हजार रुपियाँ धरौटीमा र सुशीला असार १ गते अदालतमा हाजिर भई १० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

0 Comments