Incident Reports

सदभावनाद्वारा मानव संग्लो प्रदर्शन

2016-09-23

वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको सुधार विकास र स्तरोनित्का लागि दबाब दिने उदेश्यले सदभावना पार्टीले विरगंजमा आज बिहान मानव संग्लो प्रदर्शन गरेको छ सदभावना पार्टीको विरगंज नगर कार्य समितिको आह्वाहनमा अस्पतालको मूल गते देखि मन्दिर चोक सम्मको सडकमा मानव संग्लो प्रदर्शन गरिएको हो। बिहान पौने आठ बजे देखि नौ बजे सम्म एक घण्टा भएको मानव संग्लो प्रदर्शन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, स्थानिय समाजसेवी, बुद्धिजीवी, युवा विद्यार्थी गरि करिब पाँच सय जना सहभागी भएको सदभावना पार्टीले जनाएको छ। नारायणी उपक्षेत्रीय अस्पताललाई क्षत्रिय अस्पतालमा स्तरोनत्ति गर्नुपर्ने, अस्पतालको भौतिक संरचना थप्नु पर्ने, अस्पतालको सरसफाईको अवस्थामा सुधार ल्याउनु पर्ने, अस्पतालमा भइरहेको आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्ने, उपचार सेवामा लापरवाही गर्ने डाक्टर र स्वथाकर्मिलाई कारवाही गर्नी पर्ने लगाएतका माग राखेर मानव संग्लो प्रदर्शन गरिएको सदभवना पार्टीको केन्द्रिय सदस्य नेजामुदिन समानीले जानकारी दिए । अस्पतालको उपचार सेवामा सुधार, आर्थिक अनियमितता नियन्त्रण लगाएतका माग राखेर अस्पताल प्रसाशन र अस्पताल विकास समितिको पटक पटक धयाकर्षण गराउदा समेत कुनै सुनवाई नभएपछि आज सांकेतिक विरोध स्वरुप मानव संग्लो प्रदर्शन गरिएको नेता समानीले बताए । सांकेतिक विरोध स्वरुप मानव संग्लो प्रदर्शन गरियको र यपछि पनि फुहरुको माग सुनवाई नभए सडक आन्दोलन मै उत्रने नेता समानीले चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments