Incident Reports

सिन्डिकेट' तोडिएको विरोधमा नुवाकोट र रसुवामा यातायात ठप्प

2016-09-30

Bagmati, Nuwakot, Bidur

उद्धव प्याकुरेलले गुनासो गरे। काठमाडौंवाट पारिवारिक कामका लागि घर फर्कन बालाजु टिकट काउण्टर पुगेका प्याकुरेलले बसको टिकट नपाएपछि भाडाको ट्याक्सी लिएर नुवाकोटको विदुरसम्म पुग्नु परेको थियो। पासाङल्हामु यातायात सेवा समितिले ढुंगे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा वसहरु लाइन लगाएर खडा गरेको छ। सडकमार्ग नै अवरुद्ध गरी बस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारी साधन, भाडाका र अन्य मालबाहक सवारीसमेत आवतजावत गर्न समस्या भएको वट्टारका व्यापारी दीपक कायस्थले बताए। पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले नयाँ बस सेवा सञ्चालनको अनुमति लिएको केरुङ यातायातले केही पुराना बससमेत सञ्चालन गरेकोले विरोधमा उत्रनु परेको बताए। केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि प्रहार गरेको बताए। केरुङ यातायात समितिले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेको सो यातायातका नुवाकोट प्रतिनिधि राज वोगटीले वताए। उनले जिल्लाका सुरक्षा निकायलाई आवश्यक सहयोगको लागि आग्रह गरिएकाले आफ्नो समितिका वसहरुले नियमित सेवा दिने बताए । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने सडक मार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सडक रोकेर विरोध गर्ने अधिकार कसैसँग नभएकोले अन्य सवारी साधनलाई गन्तव्यतर्फ पठाउन प्रशासन प्रतिवद्ध रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Road block
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments