Incident Reports

अपहरण तथा बलात्कारका आरोपीलाई थुन्ने आदेश l

2013-03-25

सप्तरी । चैत १२ गते
 
सुनसरी जिल्लाको छिटहा गाविस-९ का २२ वर्षीय नागेन्द्र मेहता कोइरीलाई सप्तरी जिल्ला अदालतले ०६९ चैत १२ गते अपहरण तथा शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
 
जिल्ला न्यायाधीश किरणप्रसाद शिवकोटीको आदेशमा एक जना १६ वर्षीया बालिकालाई अपहरण गरी पटकपटक बलात्कार गरेको आरोपमा मेहतालाई पुपर्क्षका लागि कारागारमा थुनामा राख्ने आदेश गरेको हो ।
 
नागेन्द्रका बहिनी ज्वाई तेरहौता गाविस-५ वीरेन्द्रबजारका २५ वर्षीय शिवनारायण महतोले पीडितलाई ललाइफकाई प्रलोभनमा पारी कान्छी पत्नीका रुपमा ०६९ पुस २३ गतेदेखि फागुन १० गतेसम्म घरमा राखेका थिए । शिवनारायण महतो फागुन १० गतेदेखि फरार छन् ।
 
जिल्ला प्रहरी कार्यालयले ०६९ फागुन १२ गते अपहरण तथा जबरजस्ती करणी मुद्दा दर्ता गर्दै सोही दिन तेरहौता गाविस-५ वीरेन्द्रबजारबाट नागेन्द्रलाई गिरफ्तार गरेको थियो ।

0 Comments