Incident Reports

घरेलु हिंसा पीडितले न्यायका लागि पहल गरिदिन अनुरोध

2016-09-28

Karnali, Dailekh, Narayan, Ward 5

नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन असोज १५ गते इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध गरेकी छन् । माइत जाने विषयमा विवाद हुँदा ससुराले असोज १२ गते कुटपिट गरेको भूमिसराले इन्सेक प्रतिनिधिलाई बताइन् । इन्सेक जिल्ला प्रतिनिधिले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र महिला विकास कार्यालयमा जान सुझाव दिएपछि उजुरी गर्न लागि पर्ने बताइन् । स्थानीय भद्र भलादमीले ‘घरको कुरा हो, ससुरालाई उतै सम्झाई बुझाई गरौंला’ भनी पीडितलाई घर लगेका छन् । घटना भएकै दिनदेखि पीडित नारायण नपा-४ स्थित माइतीघरमा बस्दै आएकी छन् । ‘घटना भएको दिनदेखि टाउको दुखेर हिँड्डुल गर्न नसकेकी पीडितलाई मेलमिलापको नाममा गाउँमा फर्काएको विषयमा आफूलाई चित्त बुझेको छैन’-भूमिसराका भाइ कमल थापाले प्रतिक्रिया दिए । कुटपिटबाट भूमिसराको देब्रे आँखाको नानी रातो भएको तथा बाहिरी भागमा नील डाम बसेको छ भने दाहिने कानबाट रगत बगेको र गर्धन सुन्निएको छ । गाउँका भद्र भलादमीले मिल्ने नाममा गाउँमै फर्काइ दिएको कारण उनको स्वास्थ्य उपचारसमेत हुन सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments