Incident Reports

Two bus belonging to Bheri Transportation pvt td vandalized again

2016-09-20

Two buses of Bheri Transportation Pvt. Ltd. were vandalized in Bardiya on Tuesday. The transportaion committee has claimed that Shambhu Rijal, President of Krishnasar Transporation Committee mobilized some youths to vandalize the buses. The buses bearing plate numbers Na 6 Kha 8443 and Na 6 Kha 8445 were vandalized while they were leaving from Bardiya. Rajendra Giri, President of Bheri Transportation Pvt. Ltd. stated that Krishnasar Committee frequently obstructed the transportation services of Bheri Transportation pvt. ltd. Bheri Transportation Pvt. Ltd. started to import luxurious buses so the old committee frequently attempted to obstruction it's services. बर्दियाको शान्तिबजार र तारातालबाट नया सुविधा सम्पन्न एसी बस सेवा सुरुवात गरेको भेरी यातायात प्रालिका दुईवटा बसमा मंगलबार पनि तोडफोड भएको छ । बर्दियास्थित कृष्णसार समितिका अध्यक्ष शम्भु रिजालको प्रत्यक्ष निर्देशनमा परिचालित केहि युवाले बसमा तोडफोड गरेको समितिको दाबी छ । बर्दियाबाट मंगलबार छुटेका ना ६ ख ८४४३ र ना ६ ख ८४४५ नम्बरका दुईवटै बसमा तोडफोड गरिएको भेरी यातायात प्रालिका महासचिव उमेश गुरागाईले जानकारी दिए । भेरी यातायात प्रालिको सेवा संचालन हुन नदिनका लागि कृष्णसार समितिले निरन्तर अवरोधको प्रयास गर्दै आएको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताए । सिण्डीकेटलाई निरन्तरता दिन खोज्ने यातायात समितिलाई कारवाही गर्नुपर्ने उनले बताए । भेरी यातायात प्रालिले अत्याधुनिक सुविधासम्पन्न एसी सस्पेन्सन बसहरु भित्राएपछि पुराना समितिले निरन्तर अवरोध गर्दै आएका छन् । हालसम्म प्रालिका चारवटा बसमा तोडफोड गरिएको छ । प्रालिले तोडफोडमा संग्लग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा लिखित उजुरी समेत दिएको छ । बर्दियाको शान्तिबजार र तारातालबाट स्तरिय बस सेवा संचालन भएपछि स्थानीय बासिन्दा भने खुशी भएका छन् । स्थानीयले यात्रुको चाहना अनुसार अत्याधुनिक सुविधा सम्पन्न एसी बसहरु संचालन गरेको भन्दै सोमबार बाजागाजासहित स्वागत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 2
Severely damaged Vehicles NA
Local Newspaper - Banke

0 Comments