Incident Reports

दुई वटा बस पुन: तोडफोड

2016-09-20

बर्दियाको शान्तिबजार र तारातालबाट नया सुविधा सम्पन्न एसी बस सेवा सुरुवात गरेको भेरी यातायात प्रालिका दुईवटा बसमा मंगलबार पनि तोडफोड भएको छ । बर्दियास्थित कृष्णसार समितिका अध्यक्ष शम्भु रिजालको प्रत्यक्ष निर्देशनमा परिचालित केहि युवाले बसमा तोडफोड गरेको समितिको दाबी छ । बर्दियाबाट मंगलबार छुटेका ना ६ ख ८४४३ र ना ६ ख ८४४५ नम्बरका दुईवटै बसमा तोडफोड गरिएको भेरी यातायात प्रालिका महासचिव उमेश गुरागाईले जानकारी दिए । भेरी यातायात प्रालिको सेवा संचालन हुन नदिनका लागि कृष्णसार समितिले निरन्तर अवरोधको प्रयास गर्दै आएको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताए । सिण्डीकेटलाई निरन्तरता दिन खोज्ने यातायात समितिलाई कारवाही गर्नुपर्ने उनले बताए । भेरी यातायात प्रालिले अत्याधुनिक सुविधासम्पन्न एसी सस्पेन्सन बसहरु भित्राएपछि पुराना समितिले निरन्तर अवरोध गर्दै आएका छन् । हालसम्म प्रालिका चारवटा बसमा तोडफोड गरिएको छ । प्रालिले तोडफोडमा संग्लग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा लिखित उजुरी समेत दिएको छ । बर्दियाको शान्तिबजार र तारातालबाट स्तरिय बस सेवा संचालन भएपछि स्थानीय बासिन्दा भने खुशी भएका छन् । स्थानीयले यात्रुको चाहना अनुसार अत्याधुनिक सुविधा सम्पन्न एसी बसहरु संचालन गरेको भन्दै सोमबार बाजागाजासहित स्वागत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 2
Severely damaged Vehicles NA
Local Newspaper - Banke

0 Comments