Incident Reports

लाइसेन्स खुलाउन माग गर्दै इ-रिक्सा चालक आन्दोलित

2016-09-28

Bagmati, Makawanpur, Hetauda

सवारी संचालन अनुमतिपत्र खुलाउन माग गर्दै हेटौडा इ अटो र सफारी रिक्सा चालक आन्दोलित भएका छन। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरीको सक्रियतामा हेटौडा बजार क्षेत्रमा बिना लाइसेन्स सवारी संचालनमा कडी गरे संगै हेटौडा इ, अटो र सफारी रिक्सा चालक आन्दोलित भएका हुन्। लामो समयदेखि हेटौडा क्षेत्रमा करिब एकहजार इ, अटो र लाइसेन्स नभए पनि सवारी चलाउदै आएपछि प्रहरीले सवारीको चेकजाँचलै तिब्रता दिएको थियो । हामीले सवारी अनुमतिपत्रविना सवारी संचालन गर्ने पाउनुपर्छ भनेको होइन। हामीले पायक पर्ने स्थानमा सवारी अनुमतिपत्र खोलिदिन आग्रह गरेको हौं । संयुक्त संघर्स समितिका सदस्य तथा समाजबादी इ, अटो सफारी संघ मकवानपुर अध्यक्ष सुधिर थापाले राज्यले सवारी संचालनका लागि रुट परमिट दिएको तर, लाइसेन्स नखुलाएकोमा आक्रोश पोखे । प्रहरी हेटौडा बजार क्षेत्रमा चेकिङ्ग कडा गरेसंगै बुधबार जिल्ला विभिन्न पार्टीनिकट व्यवसायी तथा चालकहरु एक भएर संयुक्त संघर्स गठन गरेका छन् । उनीहरुले श्याम पाठकको नेतृत्वमा १६ सदस्सीय संघर्स समिति गठन गरेका हुन् । समितिमा इ-रिक्सा श्रमिक संघ, लालीगुराँस इ-रिक्सा व्यवसायी, नेपाल समाजबादी इ, अटो सफारी संघ तथा अखिल क्रान्तिकारी इ- रिक्सा मजदुर संघका प्रतिनिधिहरु सदस्य छन् । उनीहरुले बुधबार नै नारायणी यातायात व्यवसायी संघ, मकवानपुर उधोग बाणिज्य संग तथा यातायात वयवस्था साखा कार्यालय हेटौडा पुगेर आफुहरुको समस्याबारे अवगत गराएको छन् । उनीहरुले विज्ञप्ति जारी गरेर नियन्त्रणमा लिइएका सम्पूर्ण इ-रिक्सा २४ घण्टाभित्र छाडेर कागजात नि:शर्त फिर्ता गर्न, अबिलम्ब इरिक्सा सवारी चालक अनुमतिपत्र खुलाउन, हेटौडा निर्बाध इरिक्सा संचालन गर्न दिन, सर्वादलीय बैठक बोलाई समस्या समाधानको पहल गर्न र इ-रिक्सा पार्किंग व्यवस्था मिलाउन माग गरेका छन् । प्रहरी प्रशासनबाट दैनिक भइरहेको चेकिङ्ग अन्त्य गरेर प्रहरीमा रहेको हाम्रो रिक्साहरु तत्काल छुट्ने व्यवस्था गर्न जरुरि रहेको छ । नत्र चार्ज नहुँदा हाम्रो सवारीमा असर पर्छ, संघर्स समिति सदस्य थापाले चालकहरु अपराधी नभएको भन्दै दिनभर नियन्त्रणमा नलिन आग्रह गरेका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 70
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments