Incident Reports

मणिपालमा पढाई ठप्प

2016-08-23

Gandaki, Kaski, Pokhara Lekhnath

मणिपालमा शिक्षण अस्पतालमा नेपाली डाक्टरहरुलाई विभेद गरिएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । सबै भारतीय डाक्टरलाई स्थायी गरेपनी नेपाली डाक्टरलाई करारमा मात्रै राखेर विभेद गरिएको उनिहरुको भनाइ छ । अस्पतालका डाक्टर आन्दोलित हुँदै विगत एक महिना देखी पठनपाठन ठप्प भएको छ । भदौ ७ गते देखी एमबिबिएस र एमडका कक्षा चलेका छैनन् । अस्पतालको सेवा भने रोकिएको छैन । करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समयसापेक्ष तलब ब्रिद्धी गर्नुपर्ने र सट्टा विदाको ब्यबस्था गर्नुपर्ने आन्दोलनरत चिकित्सकहरुको माग छ । आन्दोलनमा ५५ जना चिकित्सकहरु सामेल छन् । आन्दोलनरत चिकित्सक डा दिपक कोइरालाले अस्पतालले वार्ताको लागि कुनै चासो नदेखाएको बताए । उनले मणिपालले प्रशासनले आन्दोलनलाई दबाउन उच्च राजनीतिक व्यक्तित्वसम्म पहुच पुर्याएको दावी गरे । ' भारतीय र नेपाली चिकित्सकबिच वर्षौदेखी विभेद छ', उनले भने, 'अस्पातलले डाक्टर परिचालन गर्ने विनियम नै नबनाउनु दु:खद हो । ' उनले माग पुरा नहुदासम्म आन्दोलन जारी राख्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 55
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments