Incident Reports

गुलरियामा कृषकको प्रदर्शन

2016-09-23

Lumbini, Bardiya, Gulariya

१ का स्थानीय कृषकले सरकारसंग पटक पटक सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको भए पनि अहिले सम्म सरकारले आफुहरुको माग सुनुवाई नगरेको भन्दै प्रदर्शन गर्न बाध्य भएको बताएका छन् कृषकले पर्याप्त बर्षात नभएका कारण, लोडसेडिग भएका कारण र सिचाई सुविधा नभएकाले कृषकको खेति नष्ट भएको बताएका छन् । कृषकले बैंकबाट ऋण कर्जा लिएर खेति गरेको र उनीहरुको खेति सुख्दै गएकाले सरकारले उनीहरुलाई राहत दिनु पर्ने माग गरेका छन् । गुलरिया बजारमा प्रदर्शनमा उत्रिएका कृषकले बजारको विभिन्न भागको परिक्रममा समेत गरेका थिए । हात हातमा धानको बोट समेत लिएर प्रदर्शनमा उत्रिएका कृषकले सुख्खा क्षेत्रका कृषकलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आगामी वर्ष कृषकलाई निशुल्क मल बिउ दिइनु पर्ने र यस पटकको खेतीका लागि बैंकबाट लिइएको ऋणको ब्याज मालपोत कर मिनाह गरिनु पर्ने लगायतका मागहरु राखी जिल्ला कृषि विकास कार्यालय बर्दिया मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Local Newspaper - Banke

0 Comments