Incident Reports

Dainik Nepalgunj: Sanoshreetaratal locals protest against decision to merge it to Gulariya

2016-09-18

Lumbini, Bardiya, Madhuwan

Locals Sanoshreetaratal have protested against the local level restructuring in Bardiya district. The Locals of Sanoshreetaratal Municipality of Bardiya submitted memorandum to Local agency re-structuring technical assistance committee on Sunday demanding Sanoshreetaratal municipality to be made the center during the restructuring of local level bodies in the district. They are against the decision to merge Sanoshreetaratal municipality into Gulariya. The locals took a protest rally which converged into a sit-in before the DDC Office. स्थानीय निकायको पुन:संरचनालाई लिएर जनता सडकमा आउन थालेका छन् । त्यसक्रममा बर्दियाको सानो श्रीताराताल नगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय निकाय पुन:संरचना प्रवोधिक सहयोग समिति समक्ष आइतबार ज्ञापन पत्र पेश गरेका छन् । सानोश्रीताराताल नगरपालिकालाई केन्द्र बनाएर छुट्टै स्थानीय निकाय बनाउन माग गर्दै स्थानीय बासिन्दाहरुले उक्त सहयोग समिति समक्ष ज्ञापन पत्र पेश गरेका हुन् । पुन: संरचना सहयोग समिति तथा स्थानीय राजनीतिक दलहरुले सानोश्रीताराताल नगरपालिकालाई गुलरियामा मर्ज गर्न खोजेको भन्दै उनीहरुले त्यसको विरोधमा र्याली समेत निकाल्दै प्रदर्शन गरे । सानोश्रीतारातालबाट प्रदर्शन गर्दै आएर जिल्ला विकास समितिको कार्यालय अगाडी केहि बेर नाराबाजी र धर्ना दिएका उनीहरुले आफ्ना माग सुनुवाई गर्न चर्को दबाब दिएका छन् । कार्यक्रममा संघर्ष समितिका संयोजक मेघबहादुर गुरुङ्गले प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका बर्दियाका स्थानीय विकास अधिकारी तेजराज शर्मालाई ज्ञापन पत्र बुझाए । ज्ञापनपत्र बुझ्दै संयोजक शर्माले आफु सम्पूर्ण राजनीतिक दलहरुबीच छलफल गरेर जिल्लाको पुन:संरचना सम्बन्धी संख्या र सीमाका बारेमा प्रतिबेदन केन्द्रमा पठाउने जानकारी दिए । संघर्ष समितिका संयोजक गुरुङ्गले स्थानीय निकायका लागि आर्थिक, भौगोलिक, भौतिक तथा सबै हिसाबले उपयुक्त हुदाहुदै पनि सानोश्रीताराताललाई गुलरियामा मर्ज गरिन लागेकाले आन्दोलनमा उत्रिएको बताए । स्थानीय निकाय पुन:संरचना आयोगले बर्दियाका लागि पाँचवटा इकाई बनाएर सिफारिस गर्न भनेपनि अधिकांश दलहरुले संख्या बढाउन माग गरेका छन् । पाँचवटा इकाई प्रस्ताव गरेको एमाले बाहेक अन्य १६ वटा दलहरुले जिल्लामा ८ वटा निकाय बनाउनका लागि सहयोग समितिमा प्रस्ताव गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्ष्मीप्रसाद शर्मा 'आकाश' ले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis