Incident Reports

सानोश्रीलाई स्थानीय केन्द्र बनाउन माग

2016-09-18

Lumbini, Bardiya, Madhuwan

स्थानीय निकायको पुन:संरचनालाई लिएर जनता सडकमा आउन थालेका छन् । त्यसक्रममा बर्दियाको सानो श्रीताराताल नगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय निकाय पुन:संरचना प्रवोधिक सहयोग समिति समक्ष आइतबार ज्ञापन पत्र पेश गरेका छन् । सानोश्रीताराताल नगरपालिकालाई केन्द्र बनाएर छुट्टै स्थानीय निकाय बनाउन माग गर्दै स्थानीय बासिन्दाहरुले उक्त सहयोग समिति समक्ष ज्ञापन पत्र पेश गरेका हुन् । पुन: संरचना सहयोग समिति तथा स्थानीय राजनीतिक दलहरुले सानोश्रीताराताल नगरपालिकालाई गुलरियामा मर्ज गर्न खोजेको भन्दै उनीहरुले त्यसको विरोधमा र्याली समेत निकाल्दै प्रदर्शन गरे । सानोश्रीतारातालबाट प्रदर्शन गर्दै आएर जिल्ला विकास समितिको कार्यालय अगाडी केहि बेर नाराबाजी र धर्ना दिएका उनीहरुले आफ्ना माग सुनुवाई गर्न चर्को दबाब दिएका छन् । कार्यक्रममा संघर्ष समितिका संयोजक मेघबहादुर गुरुङ्गले प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका बर्दियाका स्थानीय विकास अधिकारी तेजराज शर्मालाई ज्ञापन पत्र बुझाए । ज्ञापनपत्र बुझ्दै संयोजक शर्माले आफु सम्पूर्ण राजनीतिक दलहरुबीच छलफल गरेर जिल्लाको पुन:संरचना सम्बन्धी संख्या र सीमाका बारेमा प्रतिबेदन केन्द्रमा पठाउने जानकारी दिए । संघर्ष समितिका संयोजक गुरुङ्गले स्थानीय निकायका लागि आर्थिक, भौगोलिक, भौतिक तथा सबै हिसाबले उपयुक्त हुदाहुदै पनि सानोश्रीताराताललाई गुलरियामा मर्ज गरिन लागेकाले आन्दोलनमा उत्रिएको बताए । स्थानीय निकाय पुन:संरचना आयोगले बर्दियाका लागि पाँचवटा इकाई बनाएर सिफारिस गर्न भनेपनि अधिकांश दलहरुले संख्या बढाउन माग गरेका छन् । पाँचवटा इकाई प्रस्ताव गरेको एमाले बाहेक अन्य १६ वटा दलहरुले जिल्लामा ८ वटा निकाय बनाउनका लागि सहयोग समितिमा प्रस्ताव गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्ष्मीप्रसाद शर्मा 'आकाश' ले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis