Incident Reports

नेपालगन्जमा मोही किसानको प्रदर्शन

2016-09-14

Lumbini, Banke, Nepalgunj

जमिनको हकबाट बन्चित हुनुपर्ने जस्ता विभेदपूर्ण व्यवहार राज्यबाट भएको भन्दै मोही किसानले बुधबार नेपालगन्जमा प्रदर्शन गरेका छन् । पुस्तै बित्न लागेको जग्गा आफ्नो नाममा नहुदा विभिन्न खाले सेवा सुविधा पाउनबाट बन्चित हुनु परेको गुनासो गर्दै उनीहरुले र्याली निकालेका हुन् । खेतमा पसिना चुहाएर अन्न फलाउनेहरु भोकै मर्नुपर्ने अवस्थालाई राज्यले विभेदकारी चाल खेलेको मोही किसानले बताएका छन् । मोही किसानहरु साझेदारको रुपमा दर्जा पाउनुको सट्टा दासका सरह उत्पीडित हुनुपर्ने बाध्यता बनाएको उनीहरुको गुनासो छ । खेत खलियनमा श्रम र सिप लगाएर अन्न फलाउन रमाउने मोही किसन भुमि सुधार कार्यालय र अदालतमा तारिख धाउन बाध्य परिरहेकोले त्यस्ता खाले मुद्धा खारेज गर्न उनीहरुले माग गरेका छन् । नेपालगंजको विपी चोकबाट सुरु गरिएको जुलुस पासाङ्ग ल्हामु मार्ग हुदै सदरलाइन स्थित भूमिसुधार कार्यालयमा पुगेको थियो । प्रदर्शनका क्रममा उनीहरुले विभिन्न नाराबाजी गरेका थिए । सो क्रममा उनीहरुले तीन बुदे ज्ञापन पत्र समेत बुझाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of private land
Secondary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments