Incident Reports

Revenue officer held

2016-10-06

The Commission for Investigation of Abuse of Authority on Wednesday arrested Gyan Raj Lamsal, chief of Land Revenue Office in Siraha with bribe money. The anti graft body claimed that officer Lamsal was arrested red-handed while receiving Rs 40,000 bribe from his office. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाको प्रमुख रवीन्द्रप्रसाद शर्मा नेतृत्वको टोलीले लम्साललाई ४० हजार घुसको रकमसहित पक्राउ गरेको हो । प्रमुख मालपोत अधिकृत लम्सालले सिरहा नगरपालिका १३ मल्हनीया गम्हरीयाका दिपु साहसँग ४० हजार घुस रकम लिएका थिए । मालपोत कर्मचारीको लापरबाहीले साहको एक कठ्ठा जग्गा हराएको थियो । हराएको जग्गा खोजी दिन मालपोत, नापी, जिल्ला प्रशासन लगायत कार्यालय पाँच वर्षदेखि धाइरहँदा पनि सुनुवाई भएको छैन । मालपोतका कर्मचारीले रकम असुलीका लागि काममा आलटाल गर्दै आएका थिए । शुरुमा मालपोतका कर्मचारीमध्ये कसैले एक लाखमा त कसैले ३० हजार रुपैयाँ दिए जग्गा खोजी दिने भन्दै घुस माग गर्दै आएको साहले सुनाए । मालपोत कार्यालयका नायव सुब्बा महारुद्र यादवले जग्गा खोज्न २५ हजार रुपैयाँ माग गरेको अडियो रेकर्डसमेत साहले सुनाए । उनले घुस मागेको अडियो रेकर्ड प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरलाई समेत सुनाएर न्यायको लागि याचना गरेका थिए । प्रमुख जिल्ला अधिकारी मानन्धरले तत्काल फोन गरेर मालपोत प्रमुख लम्साललाई सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए । तर, मालपोत प्रमुख लम्सालले घुस माग्ने नायव सुब्बा यादवलाई निजामति कर्मचारी दिवसको अवसरमा स्थानीय रमझम होटेलमा भव्य कार्यक्रम गरेर कार्यालयको उत्कृष्ट कर्मचारीको उपाधिसहित नगद ५ हजार, प्रमाण पत्र दिएर पुरस्कृत गरेका थिए । साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा नायव सुब्बा यादवले घुस मागेको अडियो रेकर्डसहित उजुरी दिएको बताए। साहले अन्ततः मालपोत प्रमुख लम्साललाई कति रकम लिएर जग्गा खाजिदिने भनी कुरो गरेपछि तत्काल माग गरेको १७ हजार बुझाए । तर पछि थप रकम माग गरेपछि अख्तियारसँगको सेटिङ्गमा ४० हजार बुझाउँदा प्रमुख लम्साल पक्राउ परेको हो ।
National/Online Media

0 Comments