Incident Reports

Women found murdered in Arghakhachi

2016-10-04

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 10

(updated) 34-year-old Kalpana Bhusal from Dhanchaur VDC-5, was found dead near Jhirmuk river on 4th of October. According to the police, deceased Bhusal was missing from 4th of October when she was returning to her home from grocery shop. Police has arrested Ganesh Bhusal after finding him committing the crime. Police said that, Ganesh and Kalpana were in illicit relationship as a cause for a crime. Police has also arrested Khemraj Bhusal, father of Ganesh Bhusal, suspecting that he is also involved in the crime. They are also investigating for the further information. असोज १८ गते गाउँको एक किराना पसलबाट घर फर्कंदा हराएकी भनिएकी कल्पना भुसालको हत्या भएको खुलेको छ। धनचौर गाविस ५ निवासी भिमलाल भुसालकी पत्नी ३४ वर्षिया कल्पनालाई पसलबाट समान किनेर घर फर्कंदा वेपत्ता पारी हत्या गरिएको रहस्य खुलेको हो। उनलाई छिमेकी गणेश भुसालले हत्या गरेको स्वीकारेका छन्। उनीहरुबीचको अस्वाभाविक सम्बन्धका कारण घटना भएको प्रहरीले जनाएको छ। गणेशले कल्पनालाई हत्या गरि झिमु्रक नदीमा फालेको बयान दिएको आधारमा प्रहरीले नदी किनारबाट शव फेला पारेको हो। घटनामा गणेशका बुवा खेमराज भुसालको पनि संग्लनता रहेको प्रहरीले जनाएको छ। बाबुछोरा दुबैलाई थुनामा राखेर अनुसन्धान गरिएको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताए। घटनामा अरुको पनि संलग्नता भए÷नभएको बारे अनुसन्धान भइरहेको उनले बताए। घटना पछि गणेशले आफू समेत सहभागि बनि मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकोले खोजी गरिदिन भनि प्रहरी समक्ष निवेदन दिन लगाएका थिए। गणेश नेकपा एमाले धनचौरका निवर्तमान अध्यक्ष हुन्। Update...........................................धनचौर–५ की ३४ वर्षीया कल्पना भुसालको हत्या आरोपमा सोही गाविसका ३५ वर्षीय गणेश भुसाल र उनका बाबु ५९ वर्षीय खेमराज भुसाललाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । गत १८ असोजमा दसैँका लागि समान किन्न घरबाट हिँडेकी कल्पनाको हत्या गरेको आरोपमा उनीहरूलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोपी गणेशले भने, ‘मैले कल्पनालाई सम्झाउँदै घर जाऔँ भन्दै थिएँ उनले मानिनन् । यसै कुरामा विवाद बढ्यो । मलाई कुममा टोकिन्, मैले गालामा हान्छु भन्दा छातीमा लाग्यो, उनी ढलिन् । मेरो हातबाट उनको हत्या भयो । त्यसपछि फाल्न बुबाले सहयोग गर्नुभयो ।’ अभियुक्त गणेशले हत्या गरी शवलाई नदीमा फालेको बयान दिएकै आधारमा प्रहरीले २४ असोजमा जलुके–२ को छेकुवाको जंगलस्थित राप्ती नदी किरानामा शव फेला पारेको थियो । प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बाबुछोरा दुवैको संलग्नता रहेको आशंकामा २२ असोजमा गणेशलाई प्रक्राउ गरेको र गणेशको बयानका आधारमा २३ असोजमा बाबुलाई पक्राउ गरेको बताए । अभियुक्तहरूले रातको समयमा हत्या गरेपछि प्युठानको झिम्रुक नदीमा लगेर शव फालेका थिए । घटनास्थलदेखि झिम्रुक नदीसम्म पुग्न करिब दुई–अढाई घन्टा पैदल यात्रा गर्नुपर्छ । कल्पनाका श्रीमान् भीमलाल भुसालले अभियुक्त गणेशले पैसाका लागि हत्या गरेको बताए । घटनापछि गणेश आफैँले मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकाले खोजी गरिदिन प्रहरीमा निवेदन दिन लगाएका थिए । कल्पना र गणेशबीच लामो समयदेखि अवैध सम्बन्धसमेत रहँदै आएको स्थानीयको आरोप छ । नाताले उनीहरू जेठाजु–बुहारी हुन् । साथै, गणेश धनचौरमा रहेको सूर्यकिरण कृषि सहकारी संस्थाको अध्यक्ष हुन् भने कल्पना सोही सहकारीकी प्रबन्धक थिइन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Banke

0 Comments